संविधान दिवसको अवसरमा नेविसंघ तनहुँले गर्याे दमाैलीमा दिप प्रज्वलन
नेपाल विद्यार्थी संघ तनहुँले संबिधान दिवसको अबसरमा दमाैलीमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

बिहीबार साँझ प्रशासन चोक दमौलीमा भएको दिप प्रज्वलनमा काङ्ग्रेस नेता एवम् व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने प्रमुख अतिथि रहेका थिए ।

नेविसंघ तनहुँका कार्यवाहक सभापति आशिष कैनीकाे सभापतित्वमा भएको उक्त कार्यक्रम तरूण दल व्यास नगर सभापति युवराज भण्डारीले सहजीकरण गरेका थिए भने सञ्चालन नेविसंघका नेता रिम बहादुर आलेले गरेका थिए । कार्यक्रममा काङ्ग्रेस नेताहरू , तरूण दलका नेताहरू , नेविसंघका नेता तथा कार्यकर्ताहरूकाे उल्लेख्य उपस्थिति रहेको थियोे ।
























