सभापति मल्लकाे सक्रियतामा दमाैली बजारमा सिसि क्यामरा जडान

सभापति मल्लकाे सक्रियतामा दमाैली बजारमा सिसि क्यामरा जडान


तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुकनारायण मल्लकाे सक्रियतामा दमाैली बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिएकाे छ।

चाडपर्व नजिकिदै गर्दा हुने चोरी, डकैती, जस्ता घटनालाई निगरानी गर्ने उदेश्यले सिसि टिभी जडान गरिएको तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए । सभापति मल्लका अनुसार दमौली बजार क्षेत्र भित्र बिस स्थानमा सिसि क्यामरा जडान गरिएको छ ।

क्यामरा जडानका लागि व्यास नगरपालिकाले रु. ६ लाख सहयोग गरेको छ । यस्तै सो कार्यको लागी माछापुच्छ्रे बैंकले रु. ३२ हजार, लक्ष्मी सनराईज बैंक लिमिटेडले रु. १० हजार, कुमारी बैंक लिमिटेडले रु. ८ हजार, हिमालयन बैंक लिमिटेडले रु. ७ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले रु. २० हजार, एस.बि.आई. बैंक लिमिटेडले रु. ५० हजार, प्राईम कमर्सियल बैंक लिमिटेडले रु. १५ हजार, नबिल बैंक लिमिटेडले रु. ५० हजार र नेपाल बैंक लिमिटेडले रु. २० हजार गरी कुल दुई लाख १२ हजार सहयोग प्राप्त भएको सभापति मल्लले जानकारी दिए ।

हाइवे बुल्दिपुल, दमौली बसपार्क चोक,भोर्लेटार चोक, कालिका मार्ग चोक, सफासडक ट्याक्सी चोक,साँगे बस चोक,दुर्गा मन्दिर एरिया,मादिनदी पुल,चापाघाट मानुङ चोक र कन्टार सागे चोक सडक निर्माण पछि पुन सन्चालन गरिने सिसि टिभी व्यवस्थापन समिति संयाेजक पाेष्टमान श्रेष्ठले बताए । संयाेजक श्रेष्ठले १ लाख २० हजार रूपयां बजार इकाईले समेत लगानी गरेको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page