म्याग्देकाे घुम्ती शिविरमा हजारौं जनताको सहभागीता
म्याग्दे गाँउपालिकाले आयाेजना गरेको एकिकृत घुम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता देखिएको छ । वडा नं १ को वाख्रेवाट शुरु गरिएको एकिकृत घुम्ति शिविर वडा नं २ का विभिन्न ठाउँमा पुग्दासम्ममा हजारौं जनताले सेवा लिइरहेका छन् । शिविरमा पालिका र वडावाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएपछी जनताको सहभागीता उल्लेख्य भएको हाे ।
एकीकृत घुम्ती शिविरको पहिलो ,दाेस्राे , तेस्रो र चाैंथाे दिन गरि अहिलेसम्म दुईवटा वडाका गाउँगाउँमा सबै सेवाहरू प्रबाह भइरहेको छ ।


एकिकृत घुम्ति शिविर असोज १० गते विहिबार रविचन्द्र प्रावि किलचोकमा हुनेछ भने १३ गते आइतबार कोलडाँडा स्वास्थ्य भवन र गैह्रा गणेश माविमा हुनेछ । त्यस्तै असोज १४ गते छम्लिस्वाराँ कालिका मोई समुहको भवनमा हुनेछ भने साउनेपानी र वोटेनीटारमा सोज १६ गते शिविर संचालन हुनेछ । यस्तै असोज २० गते वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र भवनमा हुनेछ भने असोज २१ गते तिल्याटार सामुदायिक भवनमा हुनेछ । त्यसैगरि कार्तिक ८ गते सर्वलाङ, रत्न मावि मनपाङ्ग र तिलाहारमा हुने शिविर कार्तिक ९ गते गाँउश्वारा र अकला सामुदायिक भवनमा सेवा दिएपश्चात समापन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

एकिकृत घुम्ति शिविरमा स्वास्थ्य सेवा , अपाङ्गता परिचयपत्र तथा ज्येष्ठ नागरिक कार्ड , दन्त सेवा , ग्रामिण भिडियो एक्सरे सेवा , परिवार नियोजन सेवा , आयुर्वेद्ध सेवा उपलब्ध गराइएको म्याग्दे गाउँपालिकाले जनाएको छ । शिविरमा सवैभन्दा धेरै कृषि , पशु तर्फ धेरै जनाले सेवा प्राप्त गरेका छन् । यस्तै पञ्जिकरण शाखा अन्तर्गतका विभिन्न सेवा टोलमा नै आएर पालिका तथा वडावाट प्राप्त भएपछि जनताहरू खुशी देखिएका छन् ।
पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, महिला शाखा अन्तर्गत जेष्ठ नागरिक परिचयपत्र सेवा , राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुर्याउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर सुरु गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । पालिकाले जनताको आवश्यकता परिपुर्ति गर्नका लागि एकिकृत घुम्ति सेवा प्रदान गरिएको हो । विगतमा पनि गरिएको एकिकृत घुम्ति शिविरवाट हजारौले सेवा लिएको हुदाँ जनमुखी काममा पालिका सधै क्रियाशिल रहेको समेत अध्यक्ष श्रेष्ठले वताए ।
एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाेजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, बिभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षिहरुको उपचार , पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईनेछ ।
यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईनेछ ।
कार्तिक ९ गते सम्म चल्ने घुम्ति शिविरकाे चाैंथाे दिन असोज ९ गते ट्रि हाउस , जामुने लगायतका वडा नं २ का विभिन्न ठाउँमा सञ्चालन भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ । .
























