पाँचौं समृद्धि कप-फुटबल असाेज १९ गतेदेखि हुने
तनहुँकाे व्यास नगरपालिका वडा नं ७ बाेटेटारमा रहेको समृद्धि युवा क्लवकाे आयाेजनामा यही असाेज १९ गतेदेखि पाँचौ समृद्धि कप सेभेन ए साइट फुटबल प्रतियोगिता हुने भएको छ ।


दुलैपानि खेलमैदानमा हुने प्रतियोगितामा प्रथम तथा द्धितिय हुने टिमलाई क्रमश ८० हजार नगद तथा ट्रफी , मेडल र प्रमाणपत्र तथा ४० हजार नगद सहित मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितामा दुईवटा टिमलाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइने समृद्धि युवा क्लवका अध्यक्ष मिनराज गुरूङले बताए ।

यस्तै प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक , सर्वाेत्कृष्ट खेलाडी तथा म्यानअफ द म्याच लाई ट्रफी प्रदान गरिने अध्यक्ष गुरूङले जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता शुल्क रू ७ हजार रहेको समृद्धि युवा क्लवले जनाएकाे छ ।
यस अगाडि चारवटा प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरिसकेको क्लवले खेल सँगसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न कामहरू गर्दै आएकाे छ । क्लबले संस्कृतिकाे जगेर्नाकाे निम्ति हरेक वर्ष दसैं तिहार जस्ता चाडपर्वमा लिङ्गे पीङ समेत हाल्दै आएकाे छ ।
























