तनहुँ हाइड्रोको लापरबाहीले सिङ्गो बेलवास क्षेत्र डुवानकाे जाेखिममा

तनहुँ हाइड्रोको लापरबाहीले सिङ्गो बेलवास क्षेत्र डुवानकाे जाेखिममा


तनहुँ हाइड्रोको लापरबाहीका कारण सिङ्गो बेलवास क्षेत्र डुवानकाे जाेखिममा परेको छ । हाइड्रोले डुवान प्रभावित क्षेत्र बेलवासका बासिन्दा सँग प्रतिवद्धता गरेअनुसार काम नगरीदिँदा उक्त क्षेत्र डुवानकाे जाेखिममा परेको हाे । हाइड्रोले नदिकाे दुबै तर्फ तटबन्धन बनाउने भनेपनी एकतर्फ मात्रै बनाएका कारण बेलवास क्षेत्र हाेँचाेमा परेको र हाइड्रो तर्फ उचाइमा हुदा बेलवासतर्फ बाढी पसेको बताइएको छ ।

तनहुँ हाइड्रोले बनाएकाे स्टक्चरका कारण बेलवास जाेखिममा परेको बेलवास क्षेत्र डुवान जाेखिम सराेकार समितिका अध्यक्ष यमबहादुर आलेले बताए । प्रभावित क्षेत्र सराेकार समितिले यसै बर्ष आएकाे बाढीले दुई पटक बेलवास क्षेत्रका अधिकांश क्षेत्र डुवानमा परेको बताएको छ । डुवानका कारण बस्ती स्थानान्तरण सँगै गाेठका गाइभैंसी फुकाएर लखेट्नु परेको ,कुखुरा ,बाख्रा ,सुगुर अस्तव्यस्त भएको जस्ता कारणले असुरक्षित भएको बताइएको छ ।

सुरु देखि तटबन्धन बनाउने भनेपनी त्यो हुन नसक्दा भतेरीमा बाढी नपस्दा समेत बेलवासमा पस्ने गरेको संयाेजक आलेले बताए । हाइड्रोले बेलवासदेखी तल भुवान पहराे नजिकै साँगुरो नदिमा वाल बनाएको कारणले पनि नदिकाे पानी फर्केर बेलवासमा पसेको भन्दै पटकपटक त्यो समस्या जानकारी गराउँदा पनि सुनुवाइ नभएको जानकारी दिएकाे छ ।

नदि जहाँ बांगो भयो त्यहाँकाे ठाउँबाट यथास्थानमा लैजाने भन्ने सहमति भएको र त्यसाे गर्दा बेलबासबासीलाइ असर नपर्ने भएको भए पनि त्यसाे नगर्दा बेलवास क्षेत्र त डुबानमा पर्नेनै भयो , साथै झापुटार समेत खतरामा परेको सराेकार समितिका उपाध्यक्ष बलराम तिवारीले बताए । हामीले हाम्रो ठाउँ बस्न सुरक्षित र याेग्य बनाउन भनेका हाैं , यदि त्यसाे गर्न नसके मुआव्जा दिएर स्थानान्तरण गर्न भनेका हाैँ तिवारीले भने । हाइड्रोले हाम्रो कुरा नसुनेपछी व्यास नगरपालिका र जिल्ला प्रशासनलाई समेत चिठी लेखेर जानकारी गराएको उनलेे जानकारी दिए ।

यति गर्दापनी पिडितकाे माग तत्काल सम्बाेदन नगरिएको खण्डमा कडा कदम चालिने सराेकारवाला निकायले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page