व्यासका प्रमुख प्रशासकीय अधिकृत गैरेले मुख छाेड्दै धम्की दिएको व्यवसायीकाे आराेप

व्यासका प्रमुख प्रशासकीय अधिकृत गैरेले मुख छाेड्दै धम्की दिएको व्यवसायीकाे आराेप


व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले व्यवसायीलाई मुख छाड्दै धम्की दिएको व्यवसायीले बताएका छन् । प्रमुख गैरेले कार्यकक्षमा बाेलाएर आक्रामक हुँदै चेतावनीयुक्त शैलीमा धम्की दिएको तरकारी व्यवसायी बिजय पाैडेलले बताए ।


मलाई असाेज ६ गते व्यास नगरपालिकामा छलफल गर्नुपर्ने भएकोले आउनको लागि चिठी आयाे , म छाेरी बिरामी भएकोले ६ गते जान सकिन । त्यसको भाेलिपल्ट ७ गते नगरप्रहरी नैं आएर जाम भनेपछि म नगरपालिकाका प्रमुख प्रशासकीयकाे कक्षमा पुगेँ ।

सुरुमा भनेको समयमा किन नआउनुभएकाे मैले हिजो बाेलाएकाे हैन भनेर भन्नुभयो , मैले छाेरी बिरामी भएर आउन सकिन भनेँ । त्यसपछि मैले पत्र पठाए पछि लिखित दिनुपर्दैन ? भन्न थाल्नुभयाे , अनि सवालजवाफ सुरु भयो । एक्कासि प्रमुख गैरेले तपाई काेहाे ? ठुला कुरा गर्ने ? भनेपछि मैले म तरकारी व्यवसायी हाे भनेँ । त्यसपछि तेराे दाेकान बन्द गराइदिन्छु , ए नगर प्रहरी यसको तरकारी दाेकान खाली गराइदेउ , भेन लगेर तरकारी उठाइदेउ भनेपछि , मेरो दाेकान बन्द किन गराउने , मेरो ऋण , ब्याज तपाईले तिर्दिनुहुन्छ ? भन्ने जवाफ फर्काएको पाैडेलले बताए ।

व्यवसायी पाैडेलले प्रमुख गैरेले मुख छाड्दै धम्की दिएर व्यवसायीलाई आतंकित पार्ने काम गरेको आराेप लगाए ।
भएको केहाे ?


५ गते बिहान वन तथा वातावरण समिति संयाेजक रनसिं नेपालीकाे नेतृत्वमा तरकारी पसलबाट प्लास्टिकका झाेलामा तरकारी दिने गरेर नगरपालिकाकाे प्लास्टिक झाेला मुक्त अभियानलाई असहयोग गरेको भन्दै नगरप्रहरी पुग्याे । नगरप्रहरीले पसलमा छापा मार्याे । तर त्यही बेलामा बिना अनुमति काउन्टर तिर नगरप्रहरी पसेको भन्ने सम्बन्धमा बिवाद भयो ।

यता यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेसँग सम्पर्क गर्दा अव्यवस्थित रूपमा तरकारी पसल चलाइरहेकाे , बाटो छेक्ने गरि सामान राखेको , प्लास्टिकको झाेला प्रयाेग गरेको जस्ता गुनासो आएपछी बुझ्न पत्र काटी बाेलाउँदा नआएपछी नगरप्रहरी खटाएको प्रतिक्रिया दिए । नगरप्रहरीले ल्याएपछि साेधपुछ गर्दा अनावश्यक रूपमा बढी बाेलेर मलाई किन पत्र पठाएको ? म तरकारी व्यवसायीकाे अध्यक्ष हैन , व्यवसायीलाई मनलाग्दी गर्ने भन्दै ठुला कुरा गरेको उनले बताए ।

बिषयलाई अतिरञ्जीत गरिएको तर यथार्थमा सामान्य साेधपुछकाे सन्दर्भ रहेको भए पनि पछि मुख चर्काे गरेपछि कार्यकक्षबाट बाहिर जान भनेको उनलेे बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page