पानी धाराको” सफलता पछि म्याग्देका गायक चन्द्र बिसीकाे“पोखराको बसमा”सार्वजनिक:
करिब एक वर्ष अघि पानी धाराको नामक मौलिक लोक दोहोरी गीत बजारमा ल्याएर एकाएक चर्चामा आएका गायक चन्द्र बिसीले अहिले फेरि त्यस्तै एउटा उत्कृष्ट गीत ‘पोखराको बसमा’ बिश्व साँङ्गीतिक बजारमा ल्याएका छन् ।


सर्जक तथा संङ्गीतकार दिवान किनार र चन्द्रकै शब्द, दिवान किनारको संङ्गीत तथा संङ्गीत समायोजनमा चन्द्र बिसी र जमुना थापाको सुमधुर स्वरमा सजिएको गीत एम.बि रेकर्डिङ स्टुडियोमा दिवान किनार र राज खड्काले रेकर्ड गरेका हुन् । गीतमा मिक्सिङ तथा मास्टरिङ दिवान आफैले गरेका छन् ।



रुपि सिन्जाली मगर, प्रेमा थापा मगर, शान्ति खड्का, दिवान किनार र अम्बर राना मगरले कोरसमा आवाज भरेका यो गीतको हुकलाइन पार्ट पनि सङ्गीतकार दिवानले नै गाएका हुन।

टिपिकल शब्द संङ्गीतमा बनेको सदाबहार चल्ने नेपाली मौलिक लोक दोहोरी गीतको प्राबिधिक पाटोको अधिकांश काम गरेका दिवानले नै भिडियो निर्देशनमा पनि आफ्नो अब्बल खुवी देखाएका छ्न। उनले सनम आले मगर, भुवन थापा मगर मार्चो, सिरु थापा मगर, मनिषा मगर, अञ्जली थापा मगर, पुस्पा मगर ‘काउलीबुढी’, विकास थापा, देब मगर, अविषेक गुरुङ, सविता थापा मगर, बालकृष्ण थापा मगर, मनिष थापा मगर, मुना गुरुङ, मीन गुरुङ लगायत करिब दुई दर्जन कलाकारलाई अभिनय गराएका छ्न ।


























