म्याग्देका किसानलाई माैरीपालन तालिम प्रदान गरिने:

तनहुँकाे म्याग्दे गाउँपालिका र सूर्य नेपाल प्रा.लि.को सहकार्यमा म्याग्दे गाउँपालिकाका किसानलाई मौरीपालन तालिम प्रदान गरिने भएको छ । म्याग्दे गाउँपालिकाले एक सूचना प्रकाशित गरी जानकारी दिए अनुसार गाउँपालिकाको वडा नं २,३,४ र ७ का कृषकहरुलाई तालिम प्रदान गर्न लागिएको हो ।

तालिममा सहभागी हुन चाहनेहरुले माग सहितको निवेदन , नागरिकताको प्रतिलिपि ,र समूहको हकमा निर्णयको प्रतिलिपि प्रदान गर्नुपर्नेछ । तालिममा सहभागी हुन चाहनेले फागुन ९ गते सम्म निवदेन दिनुपर्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page