मादी पुल नजिकै सडक भासियाे , यातायात ठप्प

मादी पुल नजिकै सडक भासियाे , यातायात ठप्प


मादी पुल देखि दमाैली बजार बिचमा सिमलकाे बुट भएको ठाउँमा सडक भासिएकाे छ । सडक भासिदा यातायात पुर्ण रूपमा ठप्प भएको छ ।

मुग्लिन पाेखरा सडक बिस्तारका क्रममा त्यहाँ रहेको खाेल्सामा कल्भर्ट निर्माणका लागि डाइभर्सन बनाउने काम भइरहेको थियो । कल्भर्ट बनाउन त्यहाँ खाल्डो खनिएको थियो । साेही ठाउँमा माथिल्लो भागमा पानी जमेको र तल्लो भागबाट पहिरो खसेका कारण बाटो बन्द भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page