पृथ्वीराजमार्गकाे तनहुँ खण्डमा यातायात सुचारु

पृथ्वीराजमार्गकाे तनहुँ खण्डमा यातायात सुचारु


पृथ्वीराजमार्गकाे तनहुँ खण्डमा यातायात सुचारु भएको छ । खासगरी मादी पुल नजिकै भासिएकाे सडक बनेपछि यातायात सुचारु भएको हाे ।उक्त ठाउँमा करिब १० घण्टा यातायात अवरुद्ध भएको थियो ।


मादी पुल देखि दमाैली बजारकाे बिच सिमलकाे बुट भएको ठाउँमा सडक भासिएकाे थियो । मुग्लिन पाेखरा सडक बिस्तारका क्रममा त्यहाँ रहेको खाेल्सामा कल्भर्ट निर्माणका लागि डाइभर्सन बनाउने क्रममा खाल्डो खन्दाकाे कारण कारण बाटो बन्द भएको थियो ।

यस्तै घाँसीकुवामा रातिदेखि आएकाे पहिरो पनि हटाइएको छ । मादी पुल नजिकैको भासिएकाे सडक र घाँसीकुवाकाे पहिरो पन्छाएकाे ठाउँमा अहिले एकतर्फी यातायात सुचारू भएको प्रहरीले बताएको छ । यद्यपि ठुला ट्रक भने फस्ने डरले नछाेडिएकाे बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page