पहिरोले बिजुलीको पाेलमा क्षति पुग्दा १ हजार ५ सय घरधुरीमा बिद्युुत अवरुद्ध
लगातारको वर्षाका कारण तनहुँकाे बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको नेपाल बिद्धुत प्राधिकरण तनहुँले जनाएको छ ।

अविरल वर्षा र पहिराे का कारण व्यास न पा दमाैली वाट सराङघाट जाने वुद्व सिँह मार्ग नाल्दि मा गाडिएकाे ११ के भि डव्वल सर्किट का ११ के भि लाईन काे ११ मिटर ९ थान स्टिल पाेल ढलेर प्रयाेग गर्नै नसकिने गरि क्षति भएकाे प्राधिकरणले जनाएको छ ।


सडक समेत अवरूद्व भएकाे कारण विधुत सुचारू गर्न कठिन भएकाे पनि प्राधिकरणले जानकारी दिएको छ ।
























