चलचित्र “दिलसरा” भिमाद र दमौलीमा असोज १९ गते प्रदर्शन हुँदै

मगर संस्कृतिमा आधारित चलचित्र “दिलसरा” तनहुँको भिमाद र दमौलीमा एकैसाथ प्रदर्शन गरिने भएको छ।
मगर परम्पराको माध्यमवाट मौलिकता झल्काउने, सामाजिक,सांस्कृतिक र आर्थिक सन्देश प्रवाह गर्ने उद्देश्य लिएर निर्माण गरिएको चलचित्रकाे प्रदर्शन गर्न लागिएको हाे ।

मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको दिलसरामा भिमाद नपा ४ राङरूङ्गकी सृष्टि रानामगर मुख्य नायिका ,पवित्रा थापाको मुख्य अभिनय एवं मिना थापा मगरको पटकथा लेखन रहेको छ। यस चलचित्र असोज १९ गते दमौलीको सभागृहमा पूर्वान्ह ११ तथा दिउँसो ३ बजे र भिमादमा दिउँसो १ बजे र साँझ ५ बजे प्रदर्शन गर्ने तयारी भएको छ ।
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि बुटवल , पाल्पा र तनहुँकाे म्याग्देमा प्रदर्शन गरिएको थियो । जसमा हजारौं दर्शकको भिड लागेको थियो ।

मगर संसार फोटो ग्यालरीको आयोजनामा आपतकालिन मगर संसार राहतकोष सहयोगारार्थ फिल्म प्रदर्शन गर्न लागिएको कार्यक्रम संयाेजक नरमाया आलेले बताइन् ।
यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको संयाेजक आलेले जानकारी दिइन् ।
मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्य कारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् ।
चलचित्रको कथा जुना थापा मगर , पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।
चलचित्र प्रदर्शनीका लागि प्रभावशाली मगर महिला समुहले भब्य तयारी गरिरहेको छ ।


























