दमाैलीकाे जिआर इलेक्ट्रोनिक्सकाे दशैँ, तिहार अफर- किस्ताबन्दीमा सामान देखि एक्सचेञ्ज सम्म

दमाैलीकाे जिआर इलेक्ट्रोनिक्सकाे दशैँ, तिहार अफर- किस्ताबन्दीमा सामान देखि एक्सचेञ्ज सम्म

व्यास नगरपालिका वडा नं ३ स्थित सफासडक दमाैलीमा रहेको जिआर इलेक्ट्रोनिक्स सप्लायर्सले दसैं , तिहार तथा छठ पर्वका अवसरमा विभिन्न सामग्रीमा भारी छुट तथा विभिन्न उपहार याेजना ल्याएको छ ।

जिआर इलेक्ट्रोनिक्सका सञ्चालक राजेन्द्र घर्तीका अनुसार अब हरेक सामान खरिदमा छुटै छुटको अफर रहेको जानकारी दिए । यस्तै भोलि कमाउने भोलि तिर्ने, चाहिएको सामान आजै प्रयोग गर्ने भन्ने ध्येयका साथ किस्ताबन्दीमा सामान लान सकिने समेत व्यवस्था मिलाएकाे छ ।

हरेक ईलेक्ट्रोनिक्स सामानहरु टिभी, वाशिङ मेशिन, फ्रिज, डिफ्रिज, शोकेस, एसी, माइक्रोवेभ ओभन, कुलर, फ्यान,सोलार,चिम्नी लगायत सम्पुर्ण सामानहरु किस्ताबन्दीमा लान सकिने राजेन्द्रले बताए । जिआरले धितो नचाहिने (0% ब्याजदरमा) बजार मुल्यमा सामान पाईने , बैंक/फाईनान्स धाउन नपर्ने र बजेट डेलिभरीको ब्यवस्था (घरमा पुर्याईदिने) सम्मको अवसर तथा सुविधा ल्याएको छ ।

यस्तै सुनौलो एक्सचेन्ज अफर अन्तर्गत आइरन , मिक्स्चर , राइस कुकर ओभन आदि जस्ता इलेक्ट्रोनिक सामानहरू रहेको अर्का सञ्चालक गणेश घर्तीले बताए । सञ्चालक घर्तीले रिता एसी फ्रिज मर्मत केन्द्रमा समेत सबै अफरहरू लागु गरिएको छ । एउटै छानामुनी धेरै सेवा सुविधा र छुटको व्यवस्था आएपछी अहिले धेरै ग्राहककाे राेजाइमा जिआर पर्न सफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page