म्याग्दे गाउँपालिका प्रवक्तामा वाग्ले र रानाभाट लाई आधा आधा समय:

लामो समयदेखि बिवादमा रहेको म्याग्दे गाउँपालिकाकाे प्रवक्ताकाे बिषयमा सहमति जुटेको छ । गाउँपालिकाकाे हालै सम्पन्न बैठकले वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले र वडा नं २ का अध्यक्ष शिव बहादुर रानाभाट लाई आधा आधा समय ( डेढ डेढ बर्ष ) लाई प्रवक्ताकाे जिम्मेवारी दिने निर्णय भए सँगै याे विषय टुंगिएको हाे ।

कार्यपालिका बैठकको निर्णय अनुसार पहिलो डेढ वर्ष वाग्लेलाई र दाेस्राे डेढ वर्ष रानाभाटलाई जिम्मेवारी दिइने भएको छ । वाग्ले नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् भने रानाभाट काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page