म्याग्देमा फागुन २१ गतेदेखि घुम्ती शिविर संचालन हुने:
तनहुँकाे म्याग्दे गाँउपालिकाले एकीकृत घुम्ति शिविर संचालन गर्ने भएको छ । फाल्गुण २१ गते देखि चैत्र ८ गते सम्म संचालन हुने एकीकृत घुम्ति शिविर पालिकाको सवै वडाका विभिन्न टोलमा संचालन हुनेछ ।


जस अन्तरगत, फाल्गुण २१ र २२ गते वडा नं ३ मा , २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, फाल्गुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ मा वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा शिविर संचालन हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी द्धारा जारी विज्ञप्तीमा जनाइएको छ । पालिकाले यस अगाडि ०७९ सालमा पनि एकीकृत घुम्ति शिविर संचालन गरेको थियो ।






























