तनहुँ क्रिकेट लिगमा बैरेनी र अकला क्रिकेट क्लव आँवुखैरेनीकाे जित
तनहुँ जिल्ला स्तरीय तनहुँ क्रिकेट लिग प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा खैरेनीटार बिरुद्ध बैरेनी युवा क्लवले १७६ रनको फराकिलो जित निकालेको छ | टस जितेर पहिले व्याटिङ रोजेको बैरेनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २३९ रन बनाउन सफल भएको थियो | जवाफि ब्याटिङमा उत्रिएको खैरेनीटारले १०.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ६३ रनमा सिमित भएको थियो | ४२ बलमा ८७ रनको बिष्फोटक पारी खेलेका बैरेनी युवा क्लवका अव्दुल्लाह अन्सारी म्यान अफ द म्याच घोषित भएका थिए |

यस्तै आजै भएको दोस्रो खेलमा मनकामना युवा क्लव बिरुद्ध अकला क्रिकेट क्लव आँवुखैरेनीले १२१ रनको फराकिलो जित निकालेको छ | मनकामना युवा क्लवले टस जितेर पहिले अकला क्रिकेट क्लवलाइ ब्याटिङको निम्तो दिएको थियो | अकला क्रिकेट क्लव निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०२ रन बनाउन सफल भयो | जवाफि ब्याटिङमा उत्रिएको मनकामना युवा क्लव १५.२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ८१ रनमा सिमित भएको थियो | ४६ बलमा ७४ रनको बिष्फोटक पारी खेलेका अकला क्रिकेट क्लवका सुजन म्यान अफ द म्याच घोषित भएकाे तनहुँ क्रिकेट संघले जनाएको छ ।

























