सुप्रिम सहकारी थर्पुकाे १७ औ साधारणसभा सम्पन्न
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड थर्पुकाे १७ औ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । थर्पु बजारमा भएको साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । साधारणसभाकाे उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले राम्रो काम गर्ने गाउँपालिकाकाे रूपमा म्याग्दे दर्ज भएको बताए ।
प्राप्त उपलब्धिहरूलाई सकारात्मक रूपमा लिन र नकारात्मक कामलाई मात्रै टिकाटिप्पढी र सुझाव दिन श्रेष्ठले आग्रह गरे । सहकारीले बिचार र निति राम्रो ल्याएपनी व्यवहारमा प्रयोग कसरी गर्ने भन्ने चुनाैती रहेको उनले बताए । सहकारीकाे राम्रो कामहरू सँग म्याग्दे गाउँपालिका साथ सहयोग र सहकार्य गर्न तयार रहेको श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमुखी काममा लगानी गर्न सहकारीकर्मीलाई आग्रह गरे । गाउँपालिकाले सहकारी एन , कानुन बनाएर त्यो भित्र बसेर सहकारीले काम गर्न सचेत बनाउने काम गरिरहेकाे घिमिरेले बताए । सुप्रिम सहकारी म्याग्देकै गाैरबकाे रूपमा रहेको घिमिरेको भनाइ थियो ।

कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले सहकारी एन , नियम र कानुनी दायरामा रहेर सहकारी चलाउन आग्रह गरे । संस्थापक अध्यक्ष मुरलिमाेहन काफ्लेले सहकारी पारदर्शी भएमा समस्या नआउने बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष हरिबहादुर थापा , पुर्व अध्यक्ष तेजकुमार मल्ल , कानुनी सल्लाहकार भानु सुवेदी , हुत्तमणी अधिकारी , हरिकृष्ण श्रेष्ठ , डाक्टर शेषरमण न्याैपाने , सीता घिमिरे लगायतले सहकारीकाे बारेमा बाेलेका थिए ।
सहकारीका अध्यक्ष मनाेज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भीमलाल श्रेष्ठले स्वागत र सचिव बिकास राज खनालले कार्यक्रम सञ्चालन गरेका थिए । साधारणसभामा अध्यक्ष मनाेज अधिकारी , लेखा समिति संयाेजक केशवराज अधिकारी ,सचिव बिकास राज खनाल र काेशाध्यक्ष छविलाल श्रेष्ठले प्रस्तुत गरेको आआफ्नाे वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
२०६४ सालमा साविक छाङ , मनापाङ र जामुने गाविसका १०८ जना अगुवा व्यक्तित्वहरूवाट स्थापना भइ २०६५ सालमा बिधिवत दर्ता सँगै यस सहकारी अगाडि बढेको हाे । सहकारीमा हाल शेयरपुँजी ७ करोड ५ लाख ५० हजार ७ सय रहेको छ । कार्यक्रममा ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाइ सम्मान गरिएको थियो ।
























