गुणस्तरीय नभएको भन्दै क्याम्पस जाेड्ने बुल्दी खाेला पुलको काम राेकियाे
बुल्दी खाेला माेटरेवल पुलको काम राेकिएकाे छ । व्यास नगरपालिका वडा नं १ र ३ जाेड्ने देउरालीनगर देखि आदिकवी भानुभक्त क्याम्पस जाेड्ने उक्त माेटरेवल पुल गुणस्तरीय नभएको भन्दै राेकिएकाे हाे ।

७ करोड ६२ लाख १७ हजार ७ सय ९८ रूपयाँ इस्टमेट तथा ५ करोड १० लाख ३३ हजार २ सय २२ ठेक्का लागेको उक्त पुल सपना बेलु जेभीले निर्माण गरेको पुर्वाधार कार्यालयका इन्जिनियर सागर खामचाले बताए ।
०७७ / ०७८ काे संघिय बजेट बाट निर्माणाधीन उक्त पुलको हाल ३७ प्रतिशत प्रगति भएको समेत उनलेे जानकारी दिए । पुलको ढलान गर्न रड बुनेर फट्टा राख्ने क्रममा चेकजाँच गर्दा मापदण्ड नपुगेको पाइएको र यही अवस्थामा तत्कालै काम अगाडि नबढाउन भनिएको ईन्जिनियर खामचाले बताए । यससँगै पुलको काम अनिश्चित बनेको छ ।

























