बाढीपीडितलाई राहत र पुल तथा सडक तत्काल मर्मत गर्न माग गर्दै रास्वपा तनहुँकाे ज्ञापनपत्र
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले बाढीपीडितलाई राहत र भत्केका पुल तथा सडकककाे तत्कालै मर्मतको माग गरेकाे छ । रास्वपा तनहुँका सभापति विश्व बास्तोलाकाे नेतृत्वमा गएको टाेलिले आज प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमलाइ भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हाे ।

रास्वपाले अविरल वर्षा सँगै आएकाे बाढी पहिरो र त्यसले पुर्याएकाे क्षतिकाे बारेमा , दसैं तिहार लगायतका चाडपर्वमा बजारमा हुने कालाेबजारी , क्षतिग्रस्त ग्रामीण सडकहरू तथा घुमाउने घाटकाे झलुङ्गे पुल मर्मत सम्बन्धमा प्रजिअ गाैतम मार्फत सरकारकाे ध्यानाकर्षण गराएको छ । यस्तै चाडबाडको बेलामा हुने चोरी डकैती तथा अपराधिक घटना धेरै बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गरियोस् भन्ने समेत रास्वपाले माग गरेको छ ।

पार्टी सभापति बास्तोला द्वारा बुझाइएको ज्ञापनपत्रमा चाडपर्व नजिकीदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृतिम अभाव सृजना गरिएको, कालो बजारले प्रश्रय पाएको , भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मुल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अव अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भुमिका खेली आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशिघ्र र प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउँदछौं उल्लेख गरिएको छ ।
उक्त अवसरमा उपसभापति सुर्य मणि पौडेल , क्षेत्रीय सभापति पदम न्यौपाने , व्यास नगर सभापति चुडामणि दाहाल , म्याग्दे गा पा सभापति मनोज अधिकारी , व्यास नगर सङ्गठन विभागका सुर्ज वहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
























