बिरामी गायक कृष्ण थापा लाई भानु नगरपालिकाकाे ३० हजार सहयोग

२०४८ सालमा अधिराज्यव्यापी लाेकगीत प्रतिस्पर्धामा प्रथम भएका ख्यातिप्राप्त गायक तनहुँ घर भएका कृष्ण थापा यतिबेला गम्भीर बिरामी छन् । गायक थापा बिरामी भए पछि खर्च अभावमा थप उपचार हुन नसकेको समाचार तनहुँ प्रेस मा प्रकाशित भए सँगै सहयोगी हातहरू आएका छन् । थप उपचार तथा नियमित खानुपर्ने औसधि किन्नमा समेत मुस्किल परेपछि भानु नगरपालिकाले उनको उपचारको लागि ३० हजार रूपयां आर्थिक सहयोग गरेको छ । भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीको मनकारी निर्णयले बिरामी थापालाई उपचारको लागि केही सहज हुने देखिएको छ । याे रकम ठुलो रकम हाे यसको लागि नगरपालिकालाई धन्यवाद दिन चाहन्छु , तर उपचारको लागि उक्त रकम प्रयाप्त नभएकोले अन्य सबै तिरबाट सहयोगकाे अपिल गर्दछु बिरामी थापाकाे श्रीमती मीनाले भनेकि छन् ।

भानु नगरपालिका वडा नं ७ माेहरिया गाउँ बस्ने वर्ष ५८ का गायक / कलाकार थापा बिगत २ वर्षदेखि बिरामी भएका हुन् । उनलाइ एकहाेराे हुने , काम्ने , छाेप्न आउने , भनेको कुराहरू भुल्ने र आफ्ना अधुरो रहेका एल्बमको काम पूरा गर्न नसकेको लगायतका बिषयमा बर्वराउने जस्ता मानसिक समस्या देखिएको छ ।

२०४३ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास भए पछि गायन क्षेत्रमा लागेका उनलेे स्टुडियो सँगै थुप्रै
मेला महाेत्सवमा गीत गाएका छन् । जिवनभर गायन क्षेत्रमा बिताएका गायक थापाको पहिलो एल्बम आमाकाे आंसु २०५० सालतिर बजारमा आएकाे थियो । करिब ४० वटा गीति एल्बम निकालेका उनलेे ” लाहुरे फुली पाते बुलाकी ” ” हेलिकप्टर कहाँ हाेला दिलकाे डाक्टर ” औठि ताेलाकाे , बुलबुल तालैमा मिर्लुङकाेटकाे भिर , सारङ्गिकाे तार , सालैजाे , झ्याउरे गीत , बुलबुल तालैमा , पाेखरामा गेट , फुलपाती अक्षता , फुलफुलेकाे छ , बिजाेडी ढुकुर , झर्याे कमल फुल , धादिङ गजुरी , पिपल छायाले , भाले मजुर , मर्स्याङ्दिकाे तिर , डाेकाे बाेकेर , झल्को आइरहनी , चिसाेचिसाे , थानी माया लगायत गरि झण्डै ६० वटा गीतहरू बजारमा ल्याएका छन् ।
तनहुँ महाेत्सव लगायत अन्य ठाउँमा सम्मानित गायक थापाले , भिमाद , राेल्पा , महेन्द्रनगर , दाङ , चितवन , लमजुङ , रामेछाप लगायतका ठाउँमा गएर गीत गाएका छन् ।
स्वर , शब्द , लय का धनी थापालाई स्वास्थ्य समस्या जटिल भएपछि लाेकदाेहाेरी प्रतिस्ठान तनहुँले उनको उपचारको लागि सहयोग गरिदिन सबैमा अपिल गरेको छ । प्रतिस्ठानकि निवर्तमान अध्यक्ष सीता गुरूङले कलाकार थापा उत्कृष्ट र ख्यातिप्राप्त गायक भएको भन्दै उपचारमा सघाउन सबै सँग आग्रह गरिन् । गायक थापाको आफन्त , स्वदेश तथा बिदेशमा हुने सम्पुर्ण व्यक्तित्वहरू एवम् सम्पुर्ण कलाकारहरूलाइ दुखकाे घडीमा साथ दिनुहुन र सक्दो आर्थिक सहयोग गरिदिनुहुन गुरूङले अपिल गरेकी छन् ।
गायक थापाको श्रीमती मिना थापा समेत नशा सम्बन्धि समस्याले बिरामी भएको र घरमा अन्य काेही पनि नभएकोले उनको अवस्था थप कहालिलाग्दो छ ।आफ्नाे भएको घर भुकम्पले भत्काएपछी ससुराली घरमा बस्दै आएका थापाको सन्तानमा एउटा छाेरी भएको र उनको बिवाहा भैसकेकोले घरमा गायक थापाका श्रीमान श्रीमती मात्रै छन् । श्रीमानको लागि छाेरी , ज्वाइ तथा अन्य नजिकका आफन्तबाट सहयोग लिँदै जेनतेन औषधि खुवाउँदै आएकी थापाकी श्रीमती मीनाले घरमा आम्दानिकाे श्राेत केही पनि नभएको बताइन् ।
अहिलेसम्म काठमाडौं न्युरो सेन्टर एण्ड पाेली क्लिनिक , गाेरखा सामुदायिक पाेली क्लिनिक , दमाैली अस्पताल , मानसिक अस्पताल लगनखेलमा श्रीमानकाे उपचारको लागि लगेको र त्यहीँबाट सिफारिस गरेको औषधि किन्दै खुवाउँदै आएकाे श्रीमती मीनाले बताइन् । नियमित औषधी खुवाउनु पर्छ , एकदिन टुट्यो भने झनै समस्या बढ्छ भन्दै उनलेे पैसाकै कारण सिटी स्क्यान , एमआरआइ गर्न पर्छ भन्दापनी नसकेर नगरेको मीनाले दुखेसो पाेखीन् ।
१ वर्ष अगाडि देखि मानसिक अस्पतालमा बाेलाएकाे
भए पनि लान नसकेकोले सबैले सहयोग गरिदिए उपचारको लागि लान पाउने र श्रीमानलाई निकाे हुने उनले आशा गरेकी छन् ।
केही समय अगाडि गायिका राधिका हमालका श्रीमान समेत घरमै आएर ल के गर्ने , कसरी सहयोग जुटाउने भनेर सल्लाह गरेर गएको , अन्य थुप्रै कलाकार साथीहरूले पनि हामी सहयोग गर्छौं भनेको उनलेे जानकारी दिइन् ।
२०४८ सालमा अधिराज्यव्यापी लाेकगीत प्रतिस्पर्धामा प्रथम भएका , झण्डै ६० वटा गीत बजारमा ल्याएका ख्यातिप्राप्त गायक तनहुँ घर भएका कृष्ण थापाकाे उपचार सहयोगका लागि थापाको श्रीमती मीना थापाको ग्लोबल IME बैंक दमाैली शाखाको खाता नम्बर 09307010682473
Mina Thapa
Global IME Bank,Damauli
























