चलचित्र “दिलसरा” काे तयारी पुरा , सनिवार दमाैली र भिमादमा प्रदर्शन हुने

तनहुँको भिमाद र दमौलीमा एकैसाथ प्रदर्शन गरिने मगर संस्कृतिमा आधारित चलचित्र “दिलसरा”काे तयारी पूरा भएको छ । असाेज १९ गते ( भाेली ) प्रदर्शन हुने चलचित्र प्रदर्शनीका लागि प्रभावशाली मगर महिला समुहले भब्य तयारी गरिरहेको थियो ।

प्रभावशाली महिला दमाैलीका संयाेजक एवम् अगुवाहरू रिमा आले र केशु रानाका अनुसार अहिले दमाैलीकाे सभागृह हलमा सबै तयारी पूरा गरेको जानकारी दिए । टिकट बुकिङ लगायतका अन्य व्यवस्थापन पक्षमा हामीले तयारी पूरा गरेका छाैँ , अब भाेली भब्य रूपमा प्रदर्शन हुन्छ संयाेजक रिमाले बताइन् । केही दिन देखि प्रभावशाली महिला नेतृहरू निकै खटिएको आलेले जानकारी दिइन् । यता सुक्रवार दिउँसो दमाैली बजारमा भेटिएकी महिला नेतृ एवम् ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले पनि चलचित्र दिलसराकाे सफल प्रदर्शनकाे लागि भरपुर प्रयास गरिरहेको बताइन् ।

नेपाल मगर संघ व्यास नगर समिति दमौलीको आयोजना तथा आदिवासी जनजाति व्यास समिति ,मगर गुठ समिति ,मगर सुधार समिति ,तनहुँ मगर समिति , लाङ्घालि मगर समिति लगायत सहआयोजक रहने गरि संयुक्तरूपमा फिलिम प्रर्दशन गर्न लागिएको नेपाल मगर संघ व्यास नगर समिति अध्यक्ष समेत रहेकी रिमा आलेले बताइन् । अर्की प्रभावशाली महिला नेतृ केशु रानाले पनि फिल्म प्रदर्शनीका लागि सबै आवस्यकीय कुराहरू तयारी भएको र दुई साे कै टिकट करिब बुकिङ भएको जानकारी दिइन् ।
मगर परम्पराको माध्यमवाट मौलिकता झल्काउने, सामाजिक,सांस्कृतिक र आर्थिक सन्देश प्रवाह गर्ने उद्देश्य लिएर निर्माण गरिएको चलचित्रकाे प्रदर्शन गर्न लागिएको हाे । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको दिलसरामा भिमाद नपा ४ राङरूङ्गकी सृष्टि रानामगर मुख्य नायिका ,पवित्रा थापाको मुख्य अभिनय एवं मिना थापा मगरको पटकथा लेखन रहेको छ। चलचित्र सनिवार दमौलीको सभागृहमा पूर्वान्ह ११ तथा दिउँसो ३ बजे र भिमादमा दिउँसो १ बजे र साँझ ५ बजे प्रदर्शन गर्ने तयारी भएको छ ।
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि बुटवल , पाल्पा र तनहुँकाे म्याग्देमा प्रदर्शन गरिएको थियो । जसमा हजारौं दर्शकको भिड लागेको थियो ।
यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको प्रभावशाली महिला संयाेजक नरमाया आलेले जानकारी दिइन् । मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्य कारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् ।
चलचित्रको कथा जुना थापा मगर , पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शनीका लागि अधिकाँश कलाकारहरू दमाैली आइसकेका छन् ।
























