काठमाडौं बाट लमजुङ आउँदै गरेको गाडी नुवाकोटमा दुर्घटना हुँदा तनहुँका खनालको मृत्यु

नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका- ८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी दुर्घटनामा परेको हाे । गाडी सडकबाट ५० मिटर तल खसेको छ ।

दुर्घटनामा तनहुँको व्यास नगरपालिका वडा-९ काजीफाँट ( हाल तारकेश्वर नगरपालिका काठमाडौं) निवासी ५८ वर्षिय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन- ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।
























