नेपाल भारत भूपू सैनिक संघ तुरतुरेकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
हिन्दु हरुको महान चाड बडादशै, दिपावली,छ्ठ , इद तथा नेपाल सम्बत ११४५ को उपलक्ष्यमा नेपाल भारत भूपू सैनिक संघ तुरतुरेले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सनिवार तुरतुरेमा भएको कार्यक्रममा प्रमुख अतिथि पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले भूपूहरूकाे समाज बिकासमा महत्त्वपूर्ण भुमिका रहेको भन्दै चाडपर्वहरूले झनै त्यसलाई उर्जा थप्दै अगाडि बढ्न प्रेरणा मिलाेस भन्ने शुभकामना व्यक्त गरे । भूपूहरूले आफ्नाे ज्ञान सीप क्षमता र अनुभव समाजसेवामा लगाउनुपर्नेमा मेयर चिन्तनको जाेड थियो ।

कार्यक्रममा भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीले आउँदै गरेको सम्पुर्ण चाडपर्वकाे शुभकामना दिँदै यसले सबैमा सकारात्मक साेच ल्याउने बिश्वास लिएको बताए । चाडपर्व लाई भड्किलो बनाउन भन्दापनी संस्कार र संस्कृति जाेगाउने गरी मनाउनुपर्नेमा त्रिपाठीले जाेड दिए ।

नेपाल भारत भूपू सैनिक संघ तुरतुरेका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रममा भूपू सैनिक क्लव तनहुँका अध्यक्ष क्या तारालाल मल्ल , क्या झकबहादुर गुरूङ , सुवेदार रन्जित भुजेल , सु मे जितबहादुर गुरूङ , हवल्दार धनसुव्वा तामाङ लगायत ले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा तनहुँ , लमजुङ , गाेर्खाका भूपूहरूकाे उल्लेख्य सहभागीता रहेको थियो । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
























