जनचाहना कृषि सहकारी गुणादीकाे १० औ साधारणसभा सम्पन्न

जनचाहना कृषि सहकारी गुणादीकाे १० औ वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक सम्मर बहादुर रानाभाटले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा सल्लाहकार हरिबहादुर रानाभाट , देवीलाल खनाल , सहकारीका निवर्तमान अध्यक्ष साेमबहादुर रानाभाट , पुर्व अध्यक्ष रामहरि खनाल , निवर्तमान सचिव नारायण प्रसाद खनाल , सेयरसदस्य लक्ष्मी श्रेष्ठ लगायतले बाेलेका थिए ।

सहकारीका अध्यक्ष सविना श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाकाे स्वागत उपाध्यक्ष कृष्णबहादुर रानाभाटले र सञ्चालन सचिव रामबहादुर नेपालीले गरेका थिए । ६० लाख ६० हजार सेयर रकम रहेको सहकारीको अध्यक्ष श्रेष्ठले अध्यक्षकाे प्रतिवेदन , काेशाध्यक्ष सुशीला खनालले काेशाध्यक्षकाे प्रतिवेदन र लेखा समितिका संयाेजक बिकास खनालले लेखाकाे प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा सेयर सदस्य मध्येबाट एसइइमा उत्कृष्ट अंक ल्याउने संस्कार खनाललाई पुरस्कार प्रदान गरिएको थियो ।



























