म्याग्दे – दमाैली समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नेपालीहरुको महान चाडपर्व दशैं,तिहार , छठ , इद , नेपाल संवत् लगायतको अवसरमा म्याग्दे दमाैली समाजले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजका अध्यक्ष भाग्यशाली ढुंगानाकाे अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा उपाध्यक्ष क्याप्टेन तारालाल मल्ल , सल्लाहकार रमा वाग्ले लगायत पदाधिकारी एवम् सदस्यहरूकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ढुंगानाले समाजकाे गतिविधिकाे बारेमा जानकारी दिँदै चाडपर्वहरूकाे शुभकामना व्यक्त गरेका थिए । चाडपर्वहरू भड्किलो नगरी संस्कार र संस्कृतिको जगेर्ना गर्ने तरिकाले मनाउनुपर्नेमा उनको जाेड रहेको थियो ।

























