पुर्काेट सेवा समाजकाे अधिवेशन सम्पन्न , अध्यक्षमा पाण्डे

पुर्काेट सेवा समाजकाे अधिवेशन सम्पन्न , अध्यक्षमा पाण्डे


पुर्काेट सेवा समाज भानुको चौथो अधिबेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण पाण्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा शिबहरि पाण्डे , सचिबमा चाम नारायण श्रेष्ठ ,कोषाध्यक्षमा हिरा बगाले र
सह-सचिबमा बिनोद खतिवडा रहेका छन् ।


यस्तै समितिकाे सदस्यहरूमा कृष्ण मुरारी न्यौपाने , अमृत बहादुर पाण्डे ,अर्जुन राज कंडेल , मेख बहादुर थापा , लक्ष्मि बगाले र रुद्रनिधि भण्डारी रहेको नवनिर्वाचित सहसचिव बिनाेद खतिवडाले बताए ।

सामाजिक क्षेत्रमा स्थापनाकालदेखि काम गर्दै आएकाे यश संस्थाले हरेक बर्ष जस्तै यसपटक पनि ५ वटा बिधालयहरुबाट SEE मा उत्कृष्ट नतिजा ल्याउने ८ जना बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको बताइएको छ । यस्तै यस क्षेत्रको गहनाको रुपमा रहनुभएका बिधाबारिधि गर्ने १४ जना, रास्ट्रीय खेलाडी २ जना, रास्ट्रीय कलाकार १ जना, सगरमाथा चढ्ने १ जनालाई सम्मान गरिएको सहसचिव खतिवडाले जानकारी दिए ।

त्यसअघि कार्यक्रममा प्रमुख अतिथि सांसद शंकर भण्डारीले कार्यक्रमकाे उद्घाटन गरेका थिए । उक्त अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठी स्थापना कालदेखि हालसम्मका अध्यक्ष पदमा रहेर काम गर्नु भएका बासुराज कडरिया लगायतका वक्ताले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page