जेष्ठ नागरिककाे न्यानो कपडा वितरणमा देवघाट गाउँपालिकाले गर्याे ३ लाख अनियमितता

जेष्ठ नागरिककाे न्यानो कपडा वितरणमा देवघाट गाउँपालिकाले गर्याे ३ लाख अनियमितता
Oplus_0


तनहुँकाे देवघाट गाउँपालिकाले जेष्ठ नागरिकको न्यानो कपडा खरिद तथा वितरणमा अनियमितता गरेको पाइएको छ ।

गाउँपालिकाले ३ लाख १८ हजार ३ सय ७८ रूपया अनियमितता गरेको महालेखाकाे पछिल्लो प्रतिवेदनमा उल्लेख छ । पालिकाले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाइ समान तथा न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको संख्या र लागत इष्टमेटकाे आधारमा न्यानो कपडा खरिद गरि वितरण गर्नुपर्नेमा कार्यालयले साेझै १०८१ थान ज्याकेट ९०९ / ६४ पैसाका दरले ९ लाख ८३ हजार ३ सय ३१ रूपयामा खरिद गरि वितरण गरेको देखिएको छ । पालिकाले ७३१ थान ज्याकेट वितरण गरेको तर बाँकी ३५० थान कार्यालयलाई भार पर्ने गरौ स्टाेर गरेकोले त्यस वापतकाे ३ लाख १८ हजार अनियमितता भएको निश्कर्ष निकालेको हाे ।

जेष्ठ नागरिक न्यानो कपडा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २३ उपदफा ९२० मा सरकारी रकम खर्च गर्दा साधन स्रोतकाे उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले गर्नुपर्ने उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page