तनहुँमा एमाले सँग दुरी बढाउँदै माओवादी सँगकाे गठवन्धनमा काङ्ग्रेस

केन्द्रमा भएको सत्ता गठवन्धनलाई चुनाैती दिँदै तनहुँमा एमाले सँग दुरी बढाउँदै नेपाली काङ्ग्रेसले माओवादी सँग गठवन्धन गरेको छ । केन्द्रीय सरकार सञ्चालन पश्चात् जिल्लामा मिलेर जाने भन्दै काङ्ग्रेस र एमालेका नेताहरू बसेर गरेको भद्र सहमतिकाे मसी सुक्न नपाउँदै जिल्लामा यस्तो अवस्था देखिएको हाे ।

खासगरी कार्तिक ३ गते हुने शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे चुनाबकाे गठवन्धनले यस्तो परिस्थिति देखिएको हाे । बाहिर भन्दा नगर उद्योग बाणिज्य संघको चुनाव भनिएपनि भित्र सिधै प्रतिस्पर्धा कांग्रेस – माओवादी गठवन्धन भर्षेस एमाले बिचकाे प्रतिष्ठाकाे लडाइँ देखिएको छ । चुनाव नजिकिँदै जाँदा तीन ठुला पार्टीका जिल्ला स्तरका ठुलै नेताहरू यसमा लागिरहेको बताइएको छ । तिनवटै पार्टीले अहिले वडा तहसम्म सर्कुलर जारी गर्ने , आफ्नाे पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्ने र हारेमा व्यक्तिले हाेइन पार्टीले हार्ने र त्यसले दिर्घकालिन रूपमा असर पार्ने बताइरहेका छन् । सिङ्गल सिङ्गल लड्दा काङ्ग्रेस एमाले सम्बद्ध व्यवसायीहरूकाे टक्कर पर्ने र माओवादी निकटका व्यापारीले जता मत दियो त्यसैले जित्ने अवस्था देखिएपछि उनिहरूले माओवादीका व्यवसायीलाई विभिन्न पदको अफर गरेको बताइएको छ । दुबै पार्टीबाट अफर पाएकाे माओवादीले एमाले सँग भन्दा काङ्ग्रेस सँग सहज हुने ठानेपछी केन्द्रकाे गठवन्धनलाई वास्ता नगरी स्थानीय स्तरमा नयाँ गठवन्धन गरेको बताइएको छ ।

नगर उद्योग बाणिज्य संघको अध्यक्ष पदमा एमाले तर्फवाट सुजित हिराचन तथा काङ्ग्रेस – माओवादी गठवन्धनबाट समुन्द्रराम श्रेष्ठले प्यानल सहित उम्मेदवारी दिएसंगै चुनावी माहोल अहिले तातेकाे देखिन्छ ।
श्रेष्ठ प्यानलमा बरिष्ठ उपाध्यक्ष तर्फ सुमन सापकोटा, बाणिज्य उपाध्यक्षमा प्रकाश थापा, उद्याेग उपाध्यक्षमा देबेन्द्रबहादुर ढुङ्गाना, महासचिवमा पूर्णबहादुर कायस्थ, उपमहासचिव मित्रबन्धु पाैडेल र काेषाध्यक्षमा रजनि थापाले उम्मेदवारी दर्ता गराएका छन् ।यसैगरी हिराचनकाे प्यानलमा बरिष्ठ उपाध्यक्ष तर्फ नारायण कुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, उद्याेग उपाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ, महासचिवमा सुजन श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ र काेषाध्यक्षमा कमल गैह्रेले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सदस्यहरूमा राज बहादुर थापा, गिरी बहादुर थापा, अमृत घिमिरे, पिताम्बर तिम्सिना, भुपेन्द्र रिमाल, होमराज पोखेल, विमल वाँनिया क्षेत्री, वर्म कुमार श्रेष्ठ, बुद्धी बहादुर खत्री, देवीभक्त राणा, अर्जुन सापकोटा, ऋषिराम महत, गम बहादुर केसी, निलम विश्वकर्मा, विधान गुरुङ्ग, राजेन्द्र पौडेल, तिल बहादुर कार्की, मिलन खनाल लामगादे, सन्तोष कुमार श्रेष्ठ, राज कुमार खड्का र उपेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी महिला सदस्यमा, जोसिला थापा, केवति श्रेष्ठ, रिता अधिकारी, वसन्ता कुमारी श्रेष्ठले उम्मेदवार दर्ता गराएका छन् भने एसाेसिर्यट सदस्यमा विपिन वाग्लेकाे मात्रै उम्मेदवारी परेकाे हुदाँ उनी स्वत चयन भएका छन् ।
संघकाे चुनाबकाे लागि असाेज २९ गते उम्मेदवारी दर्ता , उम्मेदवार उपर दाबी बिराेध, र साेही दिन साँझ अन्तिम नामावली प्रकाशन , कार्तिक २ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता र ३ गते ३ बजेदेखि ६ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयाेजक भानुभक्त सुवेदीले बताए ।
केही समय अगाडि सम्पन्न महिला उद्यमीकाे चुनाबमा काङ्ग्रेस – माओवादी गठवन्धनका उम्मेदवारलाई एमाले निकट उम्मेदवार शुक्लागण्डकी नगरपालिकाकी पुर्व उपमेयर सविता रसाइलीकी भान्जी मनिशाले १७ भाेटले हराएपछी हाैसिएकाे एमालेलाई आफु निकटकाे उम्मेदवारले फेरि जित्ने विश्वास छ भने गठवन्धनकाे उम्मेदवारलाई त्यो बेला कम मत खसेको कारण र प्राविधिक पक्षले हारिएकाे भए पनि अहिले सबै पक्षलाई सुधार र मजबुत गरिएकाेले जित्ने र एमालेलाई बदला लिने दाउमा छ ।
खासगरी धेरै मत रहेको खैरेनीटार र दुलेगौंडा मध्ये खैरेनीटारमा एमाले निकटकाे र दुलेगौंडामा काङ्ग्रेस निकटकाे मत बढी आउने आकलन गरिएको छ । यद्यपि अध्यक्ष पदका उम्मेदवार दुबै खैरेनीटारकाे भएकोले पहिलो जातीय भाेटकाे प्रभाव पनि पर्नसक्ने , दाेस्राे व्यक्तिको भाेटकाे प्रभाव पर्न सक्ने र तेस्रो पार्टीको निर्देशन पालना हुने नहुने लगायतका कुराले अर्थ राख्ने भएकोले कसले चुनाव जित्छ भन्न सकिने अवस्था छैन । यता केही स्वतन्त्र देखिएका व्यवसायीले भने टाेटल ८ सय ४२ भाेट रहेको मध्ये धेरै भन्दा धेरै मत खसेमा काङ्ग्रेस प्यानलले र थाेरै मत खसेमा एमाले उम्मेदवारले जित्ने अवस्था हुनसक्ने बताएका छन् । एमालेले जसरी पनि आफ्ना भाेटरहरू ल्याउँछ तर काङ्ग्रेस अलि अल्छी पारा देखाउँछ , त्यसैले काङ्ग्रेसका सबै भाेट हाल्न नआए एमाले निकटले जित्छन् ती व्यवसायीले भने । त्यसाेत महिला उद्यमीकाे चुनाबमा पनि त्यस्तै अवस्था देखिएको बताइएको छ । ४ सय २३ मतमा २ सय ३ मत खसेकाे र त्यसमा एमाले निकटलाइ फाइदा पुगी १७ मतले एमाले निकट उम्मेदवारले जितेकी थिइन् । त्यस चुनाव मा पनि काङ्ग्रेस निकटका भाेटरहरू कम आएकाेले हारिएकाे काङ्ग्रेस माओवादीले विश्लेषण गरेका थिए ।
























