तनहुँबाट सरूवा भएका एसपी बाेहरा र खनाल सम्मानित

तनहुँबाट सरूवा भएका एसपी बाेहरा र खनाल सम्मानित


जिल्ला प्रहरी कार्यालय तनहुँबाट केही समय अगाडि मात्रै सरूवा भएका एसपी अपील राज बाेहरा र तनहुँको प्रहरी विशेष सुरक्षागणका गणपती केदार खनाल सम्मानित भएका छन् ।

६९ औं प्रहरी दिवस २०८१” को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजना भएको पुरस्कार बितरण कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले प्रदेशहरुका प्रदेश स्तरीय ट्राफिक कार्यालयहरु मध्ये कर्णाली प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रथम भएकोमा प्रहरी उपरीक्षक अपील राज बोहरा पुरस्कृत एवम् सम्मानीत भएका हुन् ।

नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton), २०८१ मा उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८० बमोजिम बाेहरा छनाेट भएका हुन् । सम्मानित भएका बाेहरा २ महिना अगाडि मात्रै तनहुँ बाट सुर्खेत सरूवा भएका थिए ।

यस्तै नेपाल प्रहरीको प्रहरी विशेष सुरक्षा गण मध्ये तनहुँको शुक्लागण्डकीमा रहेको प्रहरी विशेष सुरक्षागण उत्कृष्ट ठहर गर्दै एसपी खनाललाई सम्मान गरिएको हो । प्रहरी प्रधान कार्यालयले २०८१ को कार्यदक्षता मुल्यांकनमा तनहुँको प्रहरी विशेष सुरक्षागणले उत्कृष्ट नमुना प्रर्दशन गरेको जनाएको छ । उत्कृष्ट गण भएवापत उक्त गणका गणपती प्रहरी उपरीक्षक खनालले प्रहरी प्रधान कार्यालयबाट प्रसंशा पत्र प्राप्त गरेका हुन् ।एसपी खनाल हाल जिल्ला प्रहरी कार्यालय बर्दियामा रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page