तुरतुरे क्याम्प बाट भूपू सैनिकहरू १५ सयले गरे नवीकरण

भूपू सैनिकहरूले तुरतुरे क्याम्पबाट १ हजार ५ सय ६४ जनाले नवीकरण गरेका छन् । नवीकरणकाे लागि टाढाटाढा बाट जेष्ठ नागरिक भूपूहरू आएका थिए । नजिकै क्याम्पमा नवीकरण गर्न पाउँदा जेष्ठ नागरिक हरू खुसी हुँदै धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा ओआईसी पीपीओ पोखराबाट लेफ्टिनेन्ट कर्नेल प्रशान्त सिंह बगेल , स्तो भरत भूषण पाण्डे एवम् उनीहरूकाे टिम तुरतुरे आएकाे थियो ।

भूपु सैनिक समितिका अध्यक्ष केशव थापा मगर तथा तुरतुरे क्याम्पको सुरक्षा अधिकृत क्याप्टेन ज्ञानबहादुर क्षेत्री लगायतको टिमले तनहुँ , गोरखा ,लमजुङ देखी आएका सबै भूपुहरु लाइ सफलता पुर्वक रेनु सम्पन गरिएकाे समितिका अध्यक्ष केशव थापा मगरले बताए । कार्यक्रममा ओआईसी पीपीओ पोखरा लेफ्टिनेन्ट कर्नेल प्रशान्त सिंह बगेलले भुपुले पाउनु पर्ने अधिकारका बारेमा बाेल्दै सहभागीहरूलाइ एक हजार दिएर हाैसला बढाएका थिए ।

कर्नेल प्रशान्त पोखरा जाने बेलामा अध्यक्ष सुवेदार मेजर केशब थापा मगर , क्याप्टेन ज्ञानबहादुर खत्री क्षेत्री लगायतको साे अवसरमा सहभागीता रहेको थियो । नवीकरण कार्यक्रम गरेर भूपूहरूकाे उल्लेख्य उपस्थिति सँगै सेवा दिएकाेमा भूपू सैनिक क्लव तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लले धन्यवाद दिएका छन् ।
























