नवकप फुटबलको सेमिफाइनलमा आज व्यास युथ क्लव र सेभेन स्टार डुम्रे भिड्ने
नवयुवा क्लव द्वारा आयाेजित नवकप तनहुँ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे दाेस्राे सेमिफाइनल खेल आज हुने भएको छ । आज हुने सेमिफाइनलमा व्यास युथ क्लव र सेभेन स्टार डुम्रे भिड्नेछन् ।
यस अघि सुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा दाेभान युवा क्लव विजयी भइ फाइनलमा पुगिसकेको छ । दाेभानले फ्रेन्डसीप युथ क्लवलाइ पराजित गरी फाइनलमा आफ्नाे स्थान सुरक्षित गरेको हाे । प्रतियोगितामा फाइनल खेल भने आइतबार हुने क्लवका काेशाध्यक्ष विपिन गाैलीले बताए ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमशः १ लाख ५० हजार ८१ रूपयाँ र ७५ हजार ८१ रूपया नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगिताकाे उत्कृष्ट खेलाडीलाई माउन्टेन साइकल उपलब्ध गराइने क्लवले जनाएको छ ।

























