तरूण दल तनहुँले गर्याे स्थापना दिवसमा अन्तरक्रिया

तरूण दल तनहुँले गर्याे स्थापना दिवसमा अन्तरक्रिया

नेपाल तरूण दल तनहुँले ७२ औ स्थापना दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सनिवार पार्टी कार्यालयमा आयाेजीत नेपाली काङ्ग्रेस तनहुँकाे सुदृढीकरणका लागि बुद्धिजीवीसँग गरिएको अन्तरक्रिया कार्यक्रमकाे प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा काङ्ग्रेस नेताहरू गाेबिन्द भट्टराई , राजेन्द्र कृष्ण श्रेष्ठ लगायतका बक्ताहरूले बाेलेका थिए ।

उक्त अवसरमा डाक्टर रघुनाथ काफ्लेले काङ्ग्रेसको प्रतिवेदन पेश गरेका र त्यही प्रतिवेदन बारेमा सहभागीहरूले आआफ्नाे धारणा राखेका थिए ।
सहभागीहरूले काङ्ग्रेस लाई कसरी बलियो बनाउन सकिन्छ भन्ने लगायतका बारेमा धारणा राखेका थिए ।

तरूण दल तनहुँका अध्यक्ष हिरा थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे सुवाेध वाग्लेले सञ्चालन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page