तनहुँमा गतबर्ष चालिस करोड बढीको सुन्तला बिक्री
आर्थिक बर्ष २०८०÷०८१ मा तनहुँमा रु.चालिस करो ड भन्दा बढीको सुन्तला बिक्री भएको छ । आर्थिक बर्ष२०८०÷०८१ मा एघार हजार पाँच सय अठ्ठार मेट्रिक टन सुन्तला उत्पादन हुँदा उक्त मूल्य बराबरको सुन्तला बिक्री भएको हो ।
जिल्लामा गतबर्ष एक हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको थियो । प्रतिकिलो ग्राम रु.५५ देखि रु.७० सम्म किसानले मूल्य पाएको सो कार्यालयले जनाएको छ ।
यसबर्ष नौ सय ६० हेक्टर क्षेत्रफलमा खेती भइरहको र उत्पादन बृद्धि हुने अपेक्षा गरिएको कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए ।
उनका अनुसार क्षेत्रफल बढेसंगै सुन्तला उत्पादन बढ्ने विश्वास गरिएको छ । प्रति हेक्टर बाह्र मेट्रिक टन सुन्तला उत्पादन हुने क्षमता रहेको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट सुन्तला खेतीका लागि क्षेत्र बिस्तार कार्यक्रम अन्र्तगत अनुदान दिन थालेपछि बर्षेनी जिल्लामा सुन्तला खेती विस्तार हुदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।
जिल्लामा हाल आठ वटा ब्लकमा सुन्तला खेती हुदै आएको छ । ब्लक बन्नको लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ ।
“ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति,समुह र सहकारी मार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको प्रमुख लामिछानेले बताए ।
पछिल्ला समय ग्रिनिङ र सिट्रसरोगका कारण सुन्तलाका बिरुवा धमाधम मर्न थालेपछि यहाँका व्यवसायिक किसानहरु चिन्तित भएका छन् ।

उक्त रोग लागेर सुन्तलाको बोट मर्नुका साथै उत्पादनमा ह्रास आउने भएपछि किसानहरु निराश बनेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार यो रोग लागेपछि सुन्तलाको फेदमा हुने रुट हेयर कुहिने,बिरुवाको टुप्पोबाट मर्दै जाने,पात पहेलो हुने र उत्पादनमा ह्रास आउने लगायतका समस्या हुने गर्दछ ।
जिल्लाको व्यास नगरपालिका, म्याग्दे,भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रुपमा रहेका छन् ।
सिट्रस सिल्लाका वयस्क र बच्चा दुवै अवस्थाका किराले ग्रिनिङ रोग लागेका बिरुवाको पातबाट रस चुस्तछन् । “रोगी बोटबाट रस चुसेसंगै ग्रिनिङ रोग लगाउने ब्याक्टेरिया पनि कीराभित्र प्रवेश गर्दछ ।”
प्रमुख लामिछानेका अनुसार “ब्याक्टेरिया भएका कीराले निरोगी बोटका मुना र पात चुसेपछि ब्याक्टेरिया पनि निरोगी बोटमा सर्दछन् र नोक्सान पु¥याउन थाल्छ ।”
रोगी बोटबाट ती कीराको माध्यमबाट क्रमश ः बगैचा भित्रका अन्य निरोगी बोटमा पनि रोग सार्ने काम गर्दछन् । यो रोग लागिसके पछि यसको कुनै औषधी र उपचार अहिलेसम्म पनि विकास हुन सकेको छैन् त्यसकारण यस रोग लाग्न नदिन र रोग लागि हाले पनि ठूलो क्षेत्रमा फैलन नदिन सुरुमै व्यवस्थापन विधि अपनाउन आवश्यक रहेको उनले बताए ।

“ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति,समुह र सहकारी मार्फत कलष्टर बनेर आउनुपर्ने प्रावधान रहेको छ ।”

























