तरुण पुरस्कार सम्पादक नहर्कीलाई प्रदान

तरुण पुरस्कार सम्पादक नहर्कीलाई प्रदान
Oplus_0



तनहुँ प्रेस डटकमका सम्पादक अमरराज नहर्की नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई शनिबार सम्मान गरेको हो । पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले सयुक्त रुपमा प्रशंसापत्र र नगद रु पाँच हजार सहित नहर्कीलाई सम्मान गर्नु भएको थियो । एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष समेत रहनु भएका नहर्की लाई सम्मान गरिएको नेपाल तरुणदल तनहुँका सचिव सुवोध वाग्लेले जानकारी दिनुभयो ।

उद्यमशिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप नहर्कीलाई सम्मान गरिएको सम्मान कार्यक्रममा जानकारी दिईयो ।
युवाहरू विदेश पलायन भईरहेको अवस्थामा युवा उद्घमीको विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति अनुसार सम्मान गरिएको नेपाल तरुण दल तनहुँले जनाएको छ । दुई दशक भन्दा अघि देखि तनहुँमा कार्यरत पत्रकार नहर्कीले थुप्रै मानसम्मान पाइसक्नु भएको छ । उहाँले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार, जय प्राप्ति म्युजिक अवार्ड लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सक्नुभएको छ । नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुनुहुन्छ ।
सोही कार्यक्रममा तरुण युवा उद्यमी पुरस्कार-२०८१ बाट म्याग्दे गाउँपालिका -४ निवासी नविन रानालाई सम्मान गरिएको थियो । यसैगरी तरुण पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने व्यास नगरपालिका-१० निवासी नेपाल तरुण दल तनहुँका कोषाध्यक्ष बलबहादुर शाहीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद भण्डारीले देशको प्रमुख समस्या भनेको बेरोजगार भएकोले युवाहरु उद्यमशील बनेर रोजगार दिनमा ध्यान दिनु पर्ने बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page