काङ्ग्रेस क्षेत्रीय तथा नगर सभापति द्वारा तरूण दल तनहुँकाे कार्यक्रम बहिस्कार

काङ्ग्रेस क्षेत्रीय तथा नगर सभापति द्वारा तरूण दल तनहुँकाे कार्यक्रम बहिस्कार

नेपाल तरूण दल तनहुँले ७२ औ स्थापना दिवसकाे अवसरमा आयाेजना गरेको अन्तरक्रिया कार्यक्रम लाई क्षेत्रीय सभापतिहरूले बहिस्कार गरेका छन् । सनिवार पार्टी कार्यालयमा आयाेजीत नेपाली काङ्ग्रेस तनहुँकाे सुदृढीकरणका लागि बुद्धिजीवीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा तनहुँका क्षेत्रीय सभापति श्याम माैरती र चुडामणि खनालले बहिस्कार गरेका हुन् । क्षेत्रीय सभापति मात्रै हाेइन कार्यक्रममा जिल्ला सभापतिले समेत कार्यक्रम बहिष्कार गरेका थिए ।पार्टी सभापति , क्षेत्रीय सभापति सँगै प्रदेश सभापति २/२ का ईन्द्र आले , व्यास नगरका सभापति सुर्यचन्द्र हड्खले सहित घिरिङ , देवघाट लगायतका सभापतिहरूका साथै तरूण दलका केही केन्द्रीय सदस्यले पनि उक्त कार्यक्रम बहिस्कार गरेका छन् ।

यद्यपि यस सम्बन्धमा क्षेत्रीय सभापति श्याम माैरतीले आफु काम बिशेषले भनेर नै बाहिर गएको बताए । मैले क्षेत्रीय कार्यसमितिका साथीहरूलाई प्रतिनिधि खटाएर बाहिर गएको हाे माैरतीले भने ।

अधिकांश जिम्मेवार नेताहरू निमन्त्रणा पाउँदा पाउँदै पनि सहभागी नभए पछि त्यस बिषयमा सहभागीहरूले प्रश्न उठाएपछि त्यस बारेमा खैलाबैला भएको थियो । केही सहभागीहरूले गुट नमिलेर हाे या निम्तो नपुगेर हाे , सबै नेता तथा कार्यकर्ताहरू किन सहभागी हुन नसकेको हाे भनी प्रश्न उठाएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी रहेका थिए । तरूण दल तनहुँका अध्यक्ष हिरा थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे सुवाेध वाग्लेले सञ्चालन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page