डेढ लाख पुरस्कारको नवकप फुटबलको फाइनलमा आज दाेभान र सेभेन स्टार डुम्रे भिड्ने
नवयुवा क्लव द्वारा आयाेजित नवकप तनहुँ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे फाइनल खेल आज हुँदैछ । फाइनलमा दाेभान युवा क्लव र सेभेन स्टार डुम्रे भिड्नेछन् ।
यस अघि सुक्रवार तथा सनिवार भएको सेमिफाइनल खेलमा दाेभान युवा क्लवले फ्रेन्डसीप लाई तथा सेभेन स्टार डुम्रेले व्यास युथ क्लबलाई पराजित गरी फाइनलकाे यात्रा तय गरेका हुन् ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमशः १ लाख ५० हजार ८१ रूपयाँ र ७५ हजार ८१ रूपया नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगिताकाे उत्कृष्ट खेलाडीलाई माउन्टेन साइकल उपलब्ध गराइने क्लवले जनाएको छ ।

























