वडा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता मंगलबार र बुधबार थर्पुमा हुने
थर्पु युवा क्लवकाे आयाेजनामा तेस्रो वडा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता २०८१ मंगलबार र बुधबार हुने भएको छ ।

म्याग्दे ४ स्थित थर्पु व्याडमिन्टन कबर्ड हलमा हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार , द्धितीय हुने टिमलाई १५ हजार र तृतीय हुने दुईवटा टिमलाई ५/५ हजार नगदका साथै शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।

























