आँबुखैरेनीमा आज देखि सयपत्री फुल माला बिक्री तथा प्रदर्शनीमा राखिने

आँबुखैरेनीमा आज देखि  सयपत्री फुल माला बिक्री  तथा प्रदर्शनीमा राखिने


आँबुखैरेनीमा आज देखि सयपत्री फुल माला बिक्रीकाे लागि बुकिङ र प्रदर्शनीमा राखिने भएको छ ।
प्राकृतिक फुलमाला प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्रोत्साहन गरौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लघु उद्यमी महिला समूहले गरेको फुल खेतीकाे बजारीकरणकाे लागि प्रदर्शनीमा राखिने भएको हाे ।


आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ यान्चोकटार स्थित यान्चोकटार लघु उद्यमी महिला समूहले ४० रोपनीमा गरेको सयपत्री खेतीको बजारीकरणकाे लागि आँबुखैरेनी बजारका विभिन्न स्थानहरुमा महिला उद्यमीहरूबाट फुल माला विक्रिको लागि बुकिङ र प्रदर्शनी गरिने आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका कृषि शाखाका अनुसार १ मिटर माला प्रति माला (गेट/आकर्शक माला ) रु १ सय ५० रूपया
, १ मिटर साधारण माला प्रति माला रु एक सय र
अन्य माला अडर अनुसार बनाइने बताइएको छ । यस्तै
फुल प्रति के.जी रु ३ सय ५० रहेको र उक्त फुलले ४ देखि ५ वोटा माला बनाउन सकिने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page