कात्तिक २३ गतेदेखि हुने भाेटीबजार दमाैली महाेत्सवकाे तयारी तिव्र
यही कात्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म हुने दाेस्राे भाेटीबजार महाेत्सवकाे तयारी तिव्र पारिएको छ । व्यास १ स्थित हाइस्कुलटारकाे समिचाैतारामा हुने महाेत्सवकाे तयारी तिव्र पारिएकाे हाे ।

महाेत्सवकाे तयारीका लागि जग्गा सम्याउने , गेट बनाउने , स्टल राख्ने काम भइरहेको दाेभान युवा क्लवका अध्यक्ष नलबहादुर दरैले बताए । महाेत्सवमा विभिन्न क्षेत्रका १५० स्टल राखिने छ ।

महाेत्सवलाइ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको भन्दै अध्यक्ष दरैले रमाइलो मेलाका सामाग्री समेत चाँडै आउने जानकारी दिए । यस्तै महाेत्सवकाे लागि सचिवालय स्थापना गरी प्रचारप्रसारकाे साथै चिठी बाँड्ने काम समेत अगाडि बढाइएको छ ।
परम्परागत कला संस्कृति , औधाेगीक व्यापार , कृषि ,घरेलुु हस्तकलाकाे प्रवर्द्धन भन्ने मुल नाराका साथ आयाेजीत महाेत्सवमा राष्ट्रिय एवम् स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने महाेत्सवका व्यवस्थापक ऋषि थापाले बताए ।
यस्तै महाेत्सवमा झाँकी प्रदर्शनी , बिद्यालय स्तरीय नृत्य प्रतियोगिता , कृषि र घरेलुु सामग्री प्रदर्शन , बाल उद्यान , नेपाली पाेशाक , हस्त निर्मित सामाग्री , सेती र मादी नदिमा र्याफ्टिङ लगायतको आकर्षण रहने छ । दाेभान युवा क्लवकाे आयाेजनामा दाेस्राे महाेत्सव हुन लागेको हाे ।।
























