स्याङ्जा तनहुँ सम्पर्क सदनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

स्याङ्जा तनहुँ सम्पर्क सदनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


दिपावली लगायतका चाडपर्वकाे अवसरमा स्याङ्जा तनहुँ सम्पर्क सदनले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सदनका अध्यक्ष बिनााेद कुमार विककाे अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व अध्यक्षहरू नारायण सापकोटा , हेमकान्त लम्साल , उपाध्यक्ष भीमप्रसाद ढकाल , मञ्जु लामिछाने , कृष्ण गिरी , काेपिला पाैडेल , इन्द्रप्रसाद वाग्ले लगायतको सहभागीता रहेको थियो ।

सहभागीहरूले एकअर्कामा शुभकामना साटासाट गर्दै सदनले दुर्गा मन्दिरमा बनाएको प्रतिक्षालय सडक बिस्तारकाे क्रममा भत्किएकोमा चिन्ता व्यक्त गरेका थिए । सदनकाे इतिहास मेटिएकाे भन्दै सहभागीहरूले त्यहीँ नजिक अर्को प्रतिक्षालय निर्माणका लागि ठाउँ पाउनुपर्ने र क्षतिपूर्ति समेत पाउनुपर्ने बताए । त्यसका लागि सम्बन्धित ठाउँमा पहल गर्नकाे लागि उपसमिति गठन समेत गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page