थर्पुमा भएको वडा अध्यक्ष कप व्याडमिन्टनमा थर्पु प्रथम , शुक्ला द्धितीय र दमाैली तृतीय

थर्पुमा भएको वडा अध्यक्ष कप व्याडमिन्टनमा थर्पु प्रथम , शुक्ला द्धितीय र दमाैली तृतीय

थर्पु युवा क्लवकाे आयाेजनामा मंगलबार सुरु भएको तेस्रो वडा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता २०८१ बुधबार सम्पन्न भएको छ ।

म्याग्दे ४ स्थित थर्पु व्याडमिन्टन कबर्ड हलमा भएको प्रतियोगितामा प्रथम हुने थर्पु व्याडमिन्टन क्लवका सुवाेध आले र सराेज गुरूङकाे जाेडिले नगद २५ हजार , द्धितीय हुने शुक्लागण्डकी नगरपालिकाका पुष्प नारायण राई र राजेश थापाकाे जाेडिले नगद १५ हजार र तृतीय हुने दुईवटा टिम दमाैलीका कमल श्रेष्ठ र विश्वास विक तथा थर्पुका कामन थापा र कुशल थापाको जाेडिले ५/५ हजार नगदका साथै शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । साेही अवसरमा म्याग्देकी महिला खेलाडी साधना रानाभाट लाई प्रमुख अतिथि श्रेष्ठले सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page