देउसी खेल्दा केटी जिस्क्याएकाे भन्दै खुकुरी हान्दा तनहुँमा ३ जना घाइते
तनहुँमा देउसी खेल्दा केटी जिस्क्याएकाे भन्दै केही युवाहरूले खुकुरी हानेका छन् । जिल्लाकाे म्याग्दे गाउँपालिका वडा नं ३ स्थित धयेंरेमा आइतबार राति उक्त घटना भएको हाे ।

खुकुरी प्रहारबाट घाइते असीम राना , रिजन थापा र सन्जिब थापालाई उपचारको लागि पाेखरा पठाइएको छ । देउसी खेल्ने क्रममा बिवाद हुँदै जाँदा उग्र रूप लिएको थियो । साेही क्रममा बिवादले उग्र रूप लिए पछि दुई समुहबिच खुकुरी हान्ने सम्मको घटना घटेको प्रहरीले बताएको छ ।

यस घटनामा संलग्न ७ जनालाई प्रहरी चाैकी थर्पुकाे टाेलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझाएको छ । पक्राउ पर्नेहरूमा मन्जील दर्लामी , शेरबहादुर थापा , भरत थापा , विजय रसाइली , विशाल थापा , सन्जिव थापा र हाेमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।

























