तनहुँमा परेको मुसलधारे पानीले पाकेको धान डुवानमा

तनहुँमा परेको मुसलधारे पानीले पाकेको धान डुवानमा

तनहुँ र आसपास मुसलधारे पानी परेको छ । कात्तिकमा धान थन्क्याउन लागेका किसानलाई पानीले प्रभावीत बनाएको छ ।

तनहुँकाे प्राय सबै क्षेत्रमा ठुलो वर्षा भएको छ भने कतै हावाहुरी र चट्याङ समेत परेको छ । ठुलो पानी परेका कारण पाकेको धानलाई असर गरेको किसानहरु बताउँछन् ।

व्यास नगरपालिका स्थित बेलवासमा काटेर राखेको धान अकस्मात् परेको पानीले डुवानमा परेको कृषक बलराम तिवारीले बताए । धान थन्क्याउने चटारो परेको बेला प्राय सबै किसानलाई यसले पिडा थप्ने काम भएको छ तिवारीले भने । प्रकृतिको अगाडि कसको के लाग्दो रहेछर ?
व्यास नगरपालिका ५ स्थित साँगेका किसानले पनि धान काटेर राखेका छन् । खेतमा सुकाएकाे धान मुसलधारे पानीले डुवाएकाे उनीहरूले बताएका छन् । कतिपय किसानले धान काटेर सुकाएका थिए भने कति पय पाकेको धान काट्न ठिक्क थिए ती किसानले भने। हावाहुरी सहितका वर्षाका कारण धान ढल्ने, धान सुकाउन नसक्दा उम्रिने, हकुवा हुने किसानहरु बताउँछन् ।

अहिले पानीले धानबालीमा ठुलो असर गर्ने कृषि कार्यालयका कर्मचारीहरू बताउँछन् । पानी परेपछि धान भित्राउन अप्ठेरो हुने र धान विग्रने सम्भावना हुने उनिहरूकाे भनाई छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page