तनहुँमा बन्चरोले हानेर श्रीमानले गरे श्रीमतिको हत्या
तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा बन्चरोले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ओमनारायण श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक महिलाको शव हाल दमाैली अस्पतालमा राखिएको छ ।

घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । हत्या अभियुक्त श्रीमान् लाई प्रहरीले पक्राउ गरेको छ ।

























