शुक्लागण्डकीमा भाेली हुने प्रशिक्षण कार्यक्रममा स्वास्थ्यमन्त्री पाैडेल आउने

शुक्लागण्डकीमा भाेली हुने प्रशिक्षण कार्यक्रममा स्वास्थ्यमन्त्री पाैडेल आउने

तनहुँकाे शुक्लागण्डकीमा भोली कांग्रेसको प्रशिक्षण हुँदैछ । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण बिभाग द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता देवराज चालिसे र प्रा. डा. कुसुमाकर न्यौपानेले प्रशिक्षण दिने बताइएको छ। शनिबार दुलेगौंडा स्थित व्हाइट हाउस पार्टी प्यालेसमा अबको कांग्रेस,परिस्कृत कांग्रेस, प्रशिक्षित कांग्रेस भन्ने मुल नाराका साथ हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाईआग्रह गरिएको शुक्लागन्डकी नगर उपसभापति कृष्ण प्रसाद रेग्मीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page