नेपाल तमु गुरुङ विद्यार्थी छोँज धीँको १२ औ राष्ट्रिय महाधिवेशनकाे मन्त्री गुरूङले गरे उद्घाटन
सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशका सबै ठाउँमा गणतन्त्र आएपनि आफ्नाे मन्त्रालयमा गणतन्त्र नआएकाे बताएका छन् ।

मन्त्रालयमा २०१३ साल २०१४ सालका एैन अनुसार काम गर्न परिरहेकोले धेरै एैन परिवर्तन गरेर समय सापेक्ष गर्नुपर्ने छ मन्त्री गुरूङले भने । नेपाल तमु गुरुङ विद्यार्थी छोँज धीँको १२ औ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमका अवसरमा दमाैलीमा आयाेजित कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त कुरा बताएका हुन् । गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताए । भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने मन्त्री गुरूङले बताए ।

कार्तिक २४ गते सनिवार देखि २६ गते सम्म गरि तीन दिन चल्ने महाधिवेशनकाे प्रमुख अतिथिको रूपमा मन्त्री गुरूङले देशमा क्यान्सर जस्तो राेग लागेकाले उक्त राेगबाट बचाउन दुई ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेको भन्दै याे सरकार २०८४ सम्म जाने बताए । बिकास निर्माणका सन्दर्भमा देश धेरै पछाडि रहेको अवस्थामा अब अगाडि बढाउने तर्फ अहिलेकाे सरकार लागिरहेको उनको भनाइ छ ।
सरकारमा रहेको पार्टी बिच विश्वासको वातावरण बनाउन केही दिन अगाडि मात्रै एक संयन्त्र बनेको उनलेे जानकारी दिए । गुरूङ बिद्यार्थी फाेरमबाट केन्द्रीय स्तरको नेता बन्ने मात्रै नभइ अब सक्तिमा सत्तामा र निति निर्माणकाे क्षेत्रमा गुरूङ बिद्यार्थी हरू पुग्नसक्नुपर्ने उनको भनाइ छ ।
बिद्यार्थीहरूकाे महाधिवेशनमा देशभरि बाट विद्यार्थी एक हजार पाँच सय र पर्यवेक्षक पाँच सय गरी दुई हजारको हाराहारीमा विद्यार्थीको सहभागिता रहेको छ ।
२४ गते बिहान विभिन्न साँस्कृतिक झाँकी,जातिय भेषभूषामा सजिएर कौडा,चुट्का सहितको र्यालीले दमौली बजार परिक्रमा गरी सहभागीहरू कार्यक्रममा सहभागि भएका थिए ।
तमू विद्यार्थीहरुको हक,हित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले विसं २०५२ साल माघ २६ गते तमु छोँज धीँ स्थापना गरिएको थियो । तमु विद्यार्थी छोँज धीँले सोही बर्ष प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न गरेको थियो ।
नेपाल बहुजातिय,बहुभाषिक,बहुधार्मिक र बहुसाँस्कृति देश भएकाले उपेक्षित र उत्पीडित अवस्थामा रहेका आदिवासी जनजातिमध्ये गुरुङ समुदाय पनि एक भएकाले जातिय उत्थानका लागि तमु विद्यार्थी छोँज धीँ स्थापना भएको सहभागी बक्ताहरूले बताएका थिए ।
जातिय स्वशासन,राजनैतिक, शैक्षिक,सामाजिक,आर्थिक प्रशासनिक पहुँचका साथै समतामूलक समाज व्यवस्था,जातीय तथा शैक्षिक चेतना माथि उठाई नेतृत्व विकास गर्दै तमु जातिको मुक्तिका लागि तमू विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको सहभागीहरूकाे भनाइ थियो ।
नेपाल तमु ( गुरूङ ) बिद्यार्थी छाेंज धीं का केन्द्रीय अध्यक्ष बिश्वराज तमुकाे अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरूङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा मिलन तमुले स्वागत र महासचिव पवन तमुले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।


























