पुर्व मन्त्री एवं एमाले नेता अधिकारी पक्राउ

पुर्व मन्त्री एवं एमाले नेता अधिकारी पक्राउ

केही दिनअघि कोशी प्रदेश आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएका एमाले नेता लिला बल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। 

मानव तस्करीको अभियोग लागेका अधिकारीलाई यसअघि एमालेले निलम्बन गरेको थियो। 

पक्राउ गरिएका अधिकारीलाई बिराटनगरबाट काठमाडौं ल्याउन लागिएको छ। 

अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ ।
उनलाई मानव तस्करीको आरोप लागेको छ। 

प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page