काङ्ग्रेस हुँडल्दै शक्तिशाली बन्ने रणनीतिमा न्याैपाने
विधानअनुसार २०८२ मंसिर सम्ममा नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्नुपर्ने हुन्छ । यद्यपि ताेकिएकाे समयमा अधिवेशन हुनेमा शंका छ ।

१४ औँ महाधिवेशनमा हालका राष्ट्रपति रामचन्द्र पौडेलले सक्रिय राजनीति बाट बिदा लिए सँगै तनहुँकाे राजनीति दोस्रो पुस्तामा झरेको छ। दोस्रो पुस्ताका नेताहरू शंकर भण्डारी, प्रदिप पाैडेल , गोविन्द भट्टराई र धुर्ब वाग्ले पार्टी बाट केन्द्रिय नेतामा स्थापित छन् ।
तर केन्द्रमा शीर्षस्थ नेताहरु सँग गुटगत लगाव कता भन्ने अलमल ले गर्दा जिल्लाका नेता कार्यकर्ता समेत रुमल्लिएको अवस्थामा आँफुलाइ युवा नेता भन्ने विवेक न्याैपानेले काङ्ग्रेस हुँडलेर शक्ति आर्जन गर्ने रणनीतिमा लागेका छन् ।

आँफुलाइ काङ्ग्रेस नेता डाक्टर शेखर काेइराला टिममा तनहुँकाे एक नम्बर नजिक दावी गर्ने न्याैपानेले जिल्लाका नेताहरू भिडाउँदै काेइराला क्याम्पतिर तान्न हरप्रयास गरिरहेको बुझिएको छ । समुहगत रूपमा भन्दापनी सिङ्गल सिङ्गल भेटघाटको व्यवस्था मिलाउँदै आफ्नाे निकट राख्न सफल रहेको र पछिल्लो समय जिल्लाका नेताहरू काठमाडौं लाँदै शेखर सँग गाेप्य भेट गराउने गर्दै आएका छन् न्याैपानेले ।
पार्टीको १४औं महाधिवेशन बाट जबर्जस्त उदाएका कांग्रेस नेता डा शेखर कोइराला रामचन्द्र पौडेलको असहयोगका बावजुत पनि सभापतिमा थोरै मत ले पराजित हुन् पुगे। जसमा रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँबाट ५५ जना महाधिवेशन प्रतिनिधि भएको मा ८ जना महाधिवेशन प्रतिनिधि भन्दा बढीले मत नदिएको चर्चा चलेको थियो ।
पार्टीको १४औं महाधिवेशन भन्दा अगाडि व्यास ४ वडा कार्यसमितिको कार्यक्रममा हालका तरुणदलका केन्द्रिय सदस्य रहेका नेता बिबेक न्यौपानेले तत्कालीन जिल्ला नेतृत्व वैकुण्ठ न्यौपानेको असहयोगका बावजुत शेखर लाई तनहुँमा ल्याउन सफल मात्रै भएनन् , कार्यक्रम भब्य समेत गराएर त्यसको सबै जस आँफुले लिए ।
यिनै न्याैपानेले पछिल्लो समय शेखरको विश्वासिलो पात्र म नैँ हाे भन्ने जवर्जस्त हाैवा पिटाए ।
त्यसाेत न्याैपानेले तनहुँका शिर्ष नेताहरूलाई गाेप्य रूपमा शेखरलाई भेटाउने अनि फाेटाे खिचेर तनहुँ तिर पठाउने गर्दा शेखरलाई भेटेर आएका र भेट्न नगएका बिच बिवाद बनाउने र एक पक्षलाई बिच्क्याएर काेइराला टिममा हुलेर काेइरालाकाे अगाडि आफ्नाे पावर देखाउने रणनीतिमा समेत उनी देखिन्छन् ।
यस सम्बन्धमा उनै न्याैपाने सँग सम्पर्क गर्दा काङ्ग्रेसलाई बलियो बनाउन लागेको बताए । कुनै गुट र व्यक्ति भन्दापनी पार्टीको हित चाहेर शिर्ष नेता काेइरालालाइ भेटघाटको वातावरण बनाएको उनको दावी छ ।
दलित संघको केन्द्रिय सदस्यमा कृष्ण रुचाल लाई आँफुले सिधा शेखर सँग सम्पर्क गराई बनाएको दावी समेत उनलेे गरे । न्याैपानेका अनुसार पार्टीको रिक्त महाधिवेशन प्रतिनिधिको निर्वाचन गराउने समयमा बन्दिपुरका बैँस गुरुङलाई उमेद्वार बनाउने निर्णयले तनहुँ कांग्रेसमा हलचल ल्यायो । जबकी शंकर भण्डारी समुह र वैकुण्ठ न्यौपाने समुहले सर्वसम्मत तारा प्रसाद श्रेष्ठ लाई बनाउन लबिङ गर्दागर्दै त्यो सम्भव भएन।
२०७८ मंसिर २४–२७ मा भएको पार्टीको चौधौं महाधिवेशनमा ४१ प्रतिशत मत पाएका नेता शेखर कोइराला १५औं महाधिवेशनमा सभापतिका बलिया दाबेदारका रूपमा संगठन निर्माणमा देशव्यापी हिँडेको भन्दै न्याैपानेले जिल्लामा काेइराला क्याम्पमा अहिल्यै देखिने गरी नभए पनि भित्र भित्रै ठुलो संख्यामा जिल्लाका महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू रहेको बताए ।
गत महाधिवेशनमा देउवा २७३३ मतका साथ सभापतिमा निर्वाचित हुँदा नेता शेखरले १८५५ मत पाएका थिए ।


























