नेपाल तमु बिद्यार्थीकाे केन्द्रीय अध्यक्षमा चितवनका पवन र सचिवमा तनहुँका बिकास निर्वाचित

नेपाल तमु बिद्यार्थीकाे केन्द्रीय अध्यक्षमा चितवनका पवन र सचिवमा तनहुँका बिकास निर्वाचित

नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार बिहान दमौलीमा सम्पन्न बाह्रौ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे । 

महाधिवेशनबाट उपाध्यक्षमा दोलखाका विष्णु तमु, लमजुङका गौचन तमु, महिला उपाध्यक्षमा झापाकी सिर्जना तमु, महासचिवमा कास्कीका युवराज तमु, उपमहासचिवमा धादिङका अनिल तमु, सचिवमा तनहुँका विकास तमु, कास्कीकी  नेहा तमु, स्याङ्जाका युवराज तमु, बाँकेका प्रकाश तमु, काठमाडौकी इशा तमु निर्वाचित भएका छन् । 

कोषाध्यक्षमा नवलपरासीका अनुपम तमु, सहकोषाध्यक्षमा काभ्रेकी अन्जु तमु, सङ्गठन विभाग प्रमुखमा चितवनका सविन तमु, प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज तमु, भाषा, साहित्य, संस्कृति तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा काभ्रेकी इशा तमु, विदेश विभाग प्रमुखमा गोरखाका सोम तमु, आइटी विभाग प्रमुखमा चितवनका सुनिल तमु, शैक्षिक विभाग प्रमुखमा गोरखाका वृषराम तमु, प्रशिक्षण, अनुशासन तथा अनुगमन विभाग प्रमुखमा स्याङ्जाका गोविन्द तमु निर्वाचित भएका छन् ।  

यस्तै केन्द्रीय सदस्यहरूमा कोपिला तमु , सुनिल तमु, सोम तमु, सुशन तमु, माधव तमु, राजाराम तमु, आयुष तमु, रुक्सन तमु, प्रज्वल तमु, एलिना तमु, रितेश तमु, मनिष तमु, विनिसा तमु, प्रितम तमु, अनु तमु, इन्द्रमणि तमु, ममता तमु, राज घले, निर्वाचित भएका छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page