भाेटिबजार महाेत्सवमा खुल्लमखुल्ला लङ्गुरबुर्जा – रमिते बन्दै तनहुँ प्रहरी !
तनहुँकाे व्यास नगरपालिका वडा नं १ स्थित भादगाउँमा सञ्चालनमा रहेको भाेटिबजार महाेत्सवमा खुलमखुला लङ्गुरबुर्जा खेलाइएको भए पनि तनहुँ प्रहरी भने रमिते बनेको छ । महाेत्सव भित्र सयौं रूपयाँकाे हारजित हुने गरि खेलाइएको लङ्गुरबुर्जा प्रत्यक्ष रूपमा देखेका प्रहरीहरू नदेखेको जस्तो गरिरहेका छन् ।

लङ्गुरबुर्जा खेलाइरहेकाे हेरेर बसेका जिल्ला प्रहरी कार्यालय बाट खटिएका प्रहरीले उनिहरूलाइ नसमात्नुलाइ भने आम सर्वसाधारणले आश्चर्यकाे रूपमा हेरेका छन् । प्रहरीकै अगाडि ठुलो बाजीकाे लङ्गुरबुर्जा खेलाउनुलाइ स्थानीय सर्वसाधारणले कतै सेटिङकाे रूपमात हैन भनी प्रतिक्रिया दिएका छन् ।

























